क्रिप्टो करेन्सी ( Dogecoin, Bitcoin) भनेको के हो र कसरी किनबेच गर्न सकिन्छ?

क्रिप्टो करेन्सी (Dogecoin, Bitcoin) भनेको के हो

Dogecoin, Bitcoin, Ethereum (डज्कवाइन्, बिट्कवाइन्, इथेरिएम) आदी जस्ता क्रिप्टो करेन्सी (Crypto Currency) भनेको एक प्रकारको डिजिटल पैसा (Digital money) हो । डिजिटल भन्नाले इलेक्ट्रोनिक माध्यमबाट मात्र चल्ने पैसा हो । यो कुनै भौतिक सिक्का वा कागजी नोट हैन । यस प्रकारको क्रिप्टोकरेन्सीलाई Coin नाम दिइएता पनि यो बास्तवमा हामीले प्रचलन गर्ने चाँदी वा पित्तलको सिक्का भने हैन । यो कुनैपनि देशको सरकार वा कम्पनीको स्वामित्वमा रहेको छैन, यो जनसमुदायमा निर्माण भएको एक प्रकारको डिजिटल करेन्सी हो ।

यसलाई कसरी प्रयोग गर्न सकिन्छ?

यो करेन्सी आईफोन (iPhone), साम्सुङ् आदी जस्ता स्मार्ट फोन अथवा कम्युटर मार्फत मात्र प्रयोग गर्न सकिन्छ । यो करेन्सी हाम्रो स्मार्ट फोनमा भएको एप (App) वा अनलाईन खातामा (Online Account) जम्मा हुन्छ र त्यही एप वा अनलाईन खाता मार्फत यसलाई आदान प्रदान (Exchange) गर्न सकिन्छ । जसरी हामीले नगद वा बैंकमा जम्मा भएको रकमलाई एटिएम (ATM) कार्डको माध्यमबाट सामान खरिद गर्न सक्छौं, एक अर्कामा आदान प्रदान गर्दछौं, त्यसैगरी यस प्रकारका Bitcoin, Dogecoin जस्ता क्रिप्टो करेन्सी प्रयोग गरी अनलाईनबाट सामान खरिदि बिक्री गर्न सकिन्छ, एक अर्कामा आदान प्रदान गर्न सकिन्छ । यसको कुनैपनि सिक्का वा नोट हुँदैन, यसको प्रयोग केवल कम्युटर वा स्मार्ट फोन वा त्यस्तै प्रकारको इलेक्ट्रोनिक साधनबाट मात्र गर्न सकिन्छ।

यसको निर्माण कसरी भयो?

यस प्रकारको क्रिप्टोकरेन्सी कम्युटर सफ्टवेयर (Software) बनाउने व्यक्तिहरुले सफ्टवेयर मार्फत निर्माण गरेको प्रविधि हो । Dogecoin को हकमा यो त्रिप्टोकरेन्सी सफ्टवेयर २०१३ मा कम्युटर सफ्टवेयर निर्माण गर्ने २ जना व्यक्तिहरुले एक प्रकारको ठट्यौली (Joke) को रुपमा Dogecoin को निर्माण गरेका थिए । त्यसपछि वेब साइट् (Web site) निर्माण गरी Dogecoin लाई प्रयोगमा ल्याएका थिए । त्यतिबेला धेरै प्रचलित रहेका Bitcoin लाई व्यंज्ञ प्रहार गर्ने उद्धेश्यले ठट्यौलीकोरुपमा यो Dogecoin को निर्माण भएको पाइन्छ् ।

यसको बृद्धी कसरी हुन्छ?

Dogecoin, Bitcoin, आदी जस्ता क्रिप्टोकरेन्सीको कम्प्यूटर सफ्टवेयर (Computer Software) इन्टरनेटमा निशुक्ल रुपमा उपलब्ध हुन्छ । उक्त सफ्टवेयरलाई कुनैपनि कम्यूटर सफ्टवेयर सम्बन्धी ज्ञान भएको व्यक्तिले कम्यूटर वा त्यस्तै प्रकारको इलेक्ट्रोनिक साधनमा निर्माण गर्ने गर्दछन् जसलाई Dogecoin अथवा क्रिप्टोकरेन्सी माइनिङ भन्ने गरिन्छ । माइनिङ भन्नाले क्रिप्टोकरेन्सीको लेनदेनलाई प्रमाणिकरण गरिने प्रक्रिया हो। यसरी क्रिप्टोकरेन्सी माइनिङ् गरेबापत उक्त माइनिङ् गर्ने व्यक्तिले उपहारस्वरुप (Reward) निःशुल्क रुपमा सोही क्रिप्टो करेन्सी प्राप्त गर्दछ जसको लागि नयाँ क्रिप्टो करेन्सी उत्पादन गर्नु पर्ने हुन्छ । यसको मत्लब जो कोहीले पनि कम्यूटर वा सोही प्रकारको प्रविधिबाट क्रिप्टो करेन्सी माइनिङ् गरेपछि थुप्रै नयाँ क्रिप्टो करेन्सी उत्पादन हुन्छ जुन सो माइनिङ गर्ने व्यक्तिले निःशुल्क रुपमा पाउँदछ । उदाहरणका लागि Dogecoin माइनिङ् गर्ने व्यक्तिले ब्लकचेनमा एक ब्लक Dogecoin प्रमाणिकरण समाधान गरे बापत उक्त माइनिङ् गर्ने व्यक्तिले निःशुक्ल रुपमा १०,००० वटा Dogecoin पाउँदछ । यसको मत्लब के हो भने Dogecoin वा कुनैपनि अन्य क्रिप्टोकरेन्सी (जस्तै Bitcoin) उत्पादन गर्न वा यसको संख्या बढाउनका लागि यसलाई इलेक्ट्रोनिक साधन (जस्तै कम्युटर, क्रिप्टोकरेन्सी माइनिङ् रीग) मा माइनिङ (Mining) गर्नु जरुरी हुन्छ। माइनिङ प्रविधि मार्फत हरेक १ मिनेटमा १०,००० वटा Dogecoin उत्पादन भइरहेको तथ्यांकमा देखिन्छ, जसको मत्लवब हरेक मिनेटमा कोही न कोही Dogecoin गर्ने व्यक्तिले निःशुल्करुपले १०,००० वटा Dogecoin प्राप्त गरिरहेका छन् जसलाई उनीहरुले बजारमा तुरन्तै बेच्न पनि सक्दछन् । 

यस प्रकारका क्रिप्टो करेन्सीमा लगानी गर्नु कत्तिको सुरक्षित हुन्छ?

यस प्रकारका क्रिप्टो करेन्सीमा कुनैपनि देशको सरकार वा ठूला कम्पनीहरुको स्वामित्व र नियन्त्रण छैन । यो जन समुदायमा परिचालित करेन्सी हो जस्को मुल्य भनेको जन समुदायले आफै निर्धारण गर्दछन् । जन–समुदायमा जसले जति मुल्यमा यसको खरिब बिक्री गर्दछ त्यसैको आधारमा यसको मुल्य निर्धारण हुने गर्दछ । यदी खरिद गर्ने व्यक्ति कम हुँदै गएमा यसको मुल्य पनि घट्दै जान सक्दछ । सोही कारण यसको मूल्यमा एक दिन, एक घण्टा वा एक हप्तामा नै ठूलो अन्तर भएको पाइन्छ ।

यसलाई कम्युटर वा स्मार्ट फोनको माध्यमबाट जो कोहीले तुरन्तै किनबेच गर्न सकिने भएकोले जब यसको माग बढ्दछ यसको मूल्य पनि बढ्दछ र माग घटेमा मूल्यमा पनि भारी गिरावट आउँदछ । यदी यसलाई कसैले पनि खरिद गर्न चाहेनन् भने यसको मूल्य भनेको शुन्य बराबर हुन पनि सक्दछ । यसको माइनिङ् गर्ने कम्यूटर प्रविधि पनि महंगो भएकोले यदी यसको मूल्यमा भारी गिरावट आएमा यसको माइनिङ् गर्ने व्यक्ति वा कम्पनीहरुले पनि माइनिङ् गर्न बन्द गर्न सक्नेछन् । यसरी माइनिङ् गर्नेको संख्या घट्दै गएमा यसको लेनदेन झनै असुरक्षित हुने समेत पाइएको छ । यदी माइनिङ गर्ने सबैले यसको माइनिङ् पूर्णरुपले बन्द गरेको अवस्थामा यसको अस्तीत्व नै मेटिन जाँदछ किनकि यसको अनलाईनमा कारोवार गर्नै सकिँदैन ।

यदी कुनैपनि देशको सरकारले यो क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाएको हकमा सो देश वा सो देशको पैसा तिरेर यसको कारोवार गर्न पाइँदैन जसको पूर्ण असर यसको मूल्यमा पर्दछ । उदाहरणका लागि हालसालै चीनले क्रिप्टो करेन्सी माइनिङमा प्रतिबन्ध लगाएका कारण यसको मूल्यमा भारी गिरावट आएको देखिन्छ । यस प्रकारको क्रिप्टो करेन्सीमा जतिसुकै लगानी गरेर खरिद गरेता पनि यसको ग्यारेन्टी कुनैपनि देशको सरकारले नलिने भएकोले यसमा गरिएको लगानी पुरै डुबेको हकमा आफै जिम्मेवार हुनुपर्दछ ।

यस प्रकारका क्रिप्टो करेन्सीहरु बजारमा धेरै प्रचलित भएको र अर्को व्यक्तिले बढी मुल्यमा खरिद गर्दछ भन्ने सोचेर यसको खरिद भएको पाइन्छ। यो कुनै मुनाफा दिने व्यापार व्यावशायी वा औद्योगिक कम्पनी नभएर जन समुदायमा प्रचलित भएको एक प्रकारको डिजिटल पैसा भएकोले यसको भविष्य र अस्तित्व पनि जन समुदायमा नै रहेको देखिन्छ । यसमा गरेको पुरै लगानी डुबेमा पनि त्यस बिरुद्ध कतै मुद्धा मामिला लाग्ने वा सरकारले त्यसको क्षतीपूर्ती गर्ने भने हुन्न । त्यसैले यसलाई सुरक्षित र लामो समय सम्म राखिनु पर्ने लगानी भनेर मानेको पाइँदैन ।

यस प्रकारको क्रिप्टोकरेन्सी कसरी किनबेच गर्न सकिन्छ?

यसको किनबेच गर्नका लागि तपाईंले कम्युटर वा स्मार्ट फोनमा एप (App) डाउनलोड गर्नुपर्दछ । उदारहणका लागि Coinbase, Dogecoin Wallet, आदी जस्ता एप पाइन्छन् । त्यो वालेट एप डाउनलोड गरी त्यसमा आफ्नो अनलाइन् खाता खोल्नु पर्दछ । अनि आफ्नो बैंक खातालाई उक्त वालेटमा कनेक्ट (connect) गर्नुपर्ने हुन्छ । त्यसपछि आफ्नो बैंक खातामा रहेको पैसाले Dogecon, Bitcoin जस्ता क्रिप्टो करेन्सी खरिद गर्न सकिन्छ । कतिपय स्टक ब्रोकर कम्पनीले पनि यस प्रकारको क्रिप्टो करेन्सीको खरिद बिक्री गर्न सकिने प्राबधान गरेको छ जसको लागि उक्त ब्रोकर कम्पनीको वेबसाइटमा गई अनलाईनमा स्टक ब्रोकरेज वा लगानी खाता खोल्नु जरुरी हुन्छ । अनि त्यसै खाता मार्फत किनबेच गर्न सकिन्छ ।

यस बारेमा हामीले कसरी सहयोग गर्न सक्छौं?

यदी तपाईंलाई यस बारेमा बृस्तीत जानकारी चाहिएमा हामीले सर सल्लाह दिन र खाता खोल्न सहयोग गर्न सक्दछौं । त्यसका लागि हाम्रो वेब–साइट www.titanhub.com मा गई हामीलाई सम्पर्क राख्नुहोला । धन्यवाद ।

 

(नोटः क्रिप्टो करेन्सीको बारेमा दिइएको विवरण सर्वसाधारका लागि सामान्य जानकारीका लागि मात्रै हो, यो कुनै लगानी सम्बन्धी सर सल्लाह हैन । यसको आधारमा गरिएको कुनैपनि लगानी र त्यसबाट पर्न आउने असरको यस टाइटन्हब् क्यापिटल मेनेज्मेन्ट (Titanhub Capital Management LLC) कुनै पनि प्रकारले जिम्मेवार नहुने सूचित गरिन्छ । अंग्रेजी भाषामा लेखिएको हाम्रो सम्पूर्ण अस्वीकरण र गोपनीयता नीति पढ्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला)