कलेज सेभिङ

कलेज सेभिङ प्लान

अमेरिकामा बाल बच्चाहरुलाई भविष्यमा कलेज जानको लागि अहिले देखि नै पैसा बचत गर्ने चलन छ र त्यसका लागि यहाँको सरकारले विभिन्न प्रकारका कलेज सेभिङ योजना वा खाताको व्यवस्था गरेको छ । ती मध्येको एउटा धेरै प्रचलित खाता भनेको सेक्सन ५२९ खाता हो भने अर्को कभरडेल शैक्षिक सेभिङ् खाता हो । यी दुबै खातामा जम्मा गरिएको पैसा करमुक्त वा प्रि ट्यास्क भने हुन्न । तर यी खाताहरुमा जम्मा गरेको पैसालाई विभिन्न कम्पनीको शेयर, बोण्ड, आदीमा लगानी गर्न सकिन्छ र उक्त लगानीबाट आएको आम्दानी वा बढेको पैसा यदी बाल बच्चाको कलेजको लागि खर्च गरेको खण्डमा त्यसमा कुनैपनि कर लाग्दैन ।

जस्तो कि हामीले अहिले एउटा बच्चाको लागि सेक्सन ५२९ खाता खोली त्यसको निश्चित रकम, उदाहरणका लागि २,००० डलर जम्मा गर्यौं । त्यसपछि त्यो पैसालाई विभिन्न शेयर, बोण्ड आदीमा लगानी गर्यौं । १० बर्षछि मानौं त्यो पैसा बढेर १०,००० डलर भयो भने उक्त रकम यदी हामीले हाम्रा बाल बच्चा वा हाम्रै लागि पनि कलेजको शुल्क तिर्न वा पठन पाठनका लागि अन्य शिर्षकमा खर्च गरेको खण्डमा उक्त पैसामा कुनैपनि कर लाग्दैन।

हामीले यस बारेमा कसरी सेवा प्रदा गर्दछौं?

हामीले हाम्रा ग्राहकहरुलाईसेक्सन ५२९ वा कभरडेल एजुकेसन सेभिङ खाता खोली यसमा रकम जम्मा गर्ने र सो पैसालाई कसरी लगानी गरेर मुनाफा कमाउन र बढाउने भन्ने बारेमा सर सल्लाह प्रदान गर्दछौं । हामीले ब्रोकर÷डिलर कम्पनी वा बैंकमा यस प्रकारको खाता खालिदिने, त्यसमा जम्मा गरिएको रकमलाई विभिन्न प्रकारले सुक्षितसँग लगानी गर्ने, सो लगानीको व्यवस्थापन गर्ने, आदी जस्ता सेवाहरु प्रदान गर्दछौं ।