शेयर बजारमा लगानी

अमेरिकाको पब्लिक कम्पनीमा लगानी गर्ने बारेमा जानकारी

स्टक मार्केट भनेको के हो?

सामान्यतयाः व्यापार व्यवशाय संचालन गर्ने कम्पनीहरु २ प्रकारका हुन्छ, एउटा निजी (प्राइभेट) कम्पनी र अर्को सार्वजनिक (पब्लिक) कम्पनी । मूख्यतयाः सर्वसाधारण लगानीकर्ताहरुको समेत लगानी रहेको कम्पनीलाई पब्लिक (सार्वजनिक) कम्पनी भनिन्छ । उदाहरणको लागि संयुक्त राज्य अमेरिकामा रहेका म्याक् डोनाल्ड (McDonalds), वालमार्ट (Walmart), एमेजन (Amazon), फेसबुक (Facebook), टार्गेट (Target), मेसीज (Macys) जस्ता कम्पनीहरु सबै पब्लिक कम्पनी हुन् जसको शेयर (लगानी वा स्टक ) जो कोहीले पनि सजिलै खरिद बिक्री गर्न सक्दछन् । त्यस्तै नेपालमा रहेको ठूला बैंक, इन्सुरेन्स कम्पनी, हाइड्रो पावर कम्पनी, आदी सबै पब्लिक कम्पनी हुन् । यस प्रकारका पब्लिक कम्पनीको शेएर अमेरीकामा न्यू योर्क स्टक एक्चेन्ज (New York Stock Exchange), नास्दाक (NASDAQ), आदी जस्ता सरकारी मान्यता प्राप्त स्टक एक्चेन्ज (Stock Exchange) हाउसमा किनबेच गरिन्छ । अहिले इन्टरनेट (Internet) को जमानामा हामीसँग भएको स्मार्ट फोन (आइफोन, साम्सुङ्, आदी) मार्फत नै एक क्लिक (Click) गरेको भरमा कुनैपनि पब्लिक कम्पनीको शेयर किनबेच गर्न सकिन्छ । यसरी शेयर किनबेच गरिने बजार वा प्रणालीलाई स्टक मार्केट (शेयर बजार) भनिन्छ ।

शेएर किनबेच कसरी गर्न सकिन्छ?

अमेरिकामा कुनैपनि पब्लिक कम्पनीको शेयर किनबेच गर्नका लागि सामान्यतयाः ब्रोकरेज कम्पनी (Brokerage Company) मा इन्भेष्मेन्ट (Investment) वा ब्रोकरेज (Brokerage) खाता खोल्नु पर्दछ । ती ब्रोकरेज कम्पनीहरु बैंक शरह कै हुन्छन् किनकि कतिपयले बैंक संचालन गर्ने अनुमती पनि लिएका हुन्छन् । उदाहरणको लागि इन्टर्याक्टीभ ब्रोकर (Interactive Brokers), इट्रेड (ETrade), रबिनहुड् (Robinhood), टि डि अमेरिट्रेड (TD Ameritrade), आदी जस्ता ब्रोकरेज कम्पनीहरु छन् । यी कम्पनीहरुमा खाता खोल्नका लागि यिनीहरुको वेबसाइटमा गएर अनलाईनमा आवेदन भर्नु पर्ने हुन्छ । आवेदनमा सबै विवरणहरु पूर्णरुपले भरिएको छ भने प्रायगरी खाता तुरन्तै खोलिन सक्छ । त्यसपछि उक्त इन्भेष्टमेन्ट वा ब्रोकरेज खातामा आफ्नो बैंक खाताबाट अनलाईन पैसा ट्रान्सफर गर्नु पर्छ । त्यसपछि ती खातामा लगिन (Login) गरी कुनैपनि पब्लिक कम्पनीको शेयर किनबेच गर्न सकिन्छ । अमेरिकाको स्टक मार्केट सोमबार देखि शुक्रबार (सार्बजनिक बिँदाको दिन बाहेक) सम्म बिहान ९:३० बजेदेखि दिउँसो ४:०० बजेसम्म खुल्ला रहन्छ जुन समयमा प्रायः शेयरको कारोबार हुन्छ। दिनहुँ अर्बौं वा खर्बौं डलर (Billions to Trillions of Dollars) को शेयरको कारोबार हुने भएकोले प्रायजसो प्रचलित पब्लिक कम्पनीको शेयर तुरुन्त किन्न र चाहेको समयमा तुरन्तै बेच्न सकिन्छ । शेयर मार्केट कम्म्यूटरद्धारा अटोमेटेड (Automated) भएकोले हामीले शेयर को बाट किन्ने र कसरलाई बेच्ने भनेर हेरिरहनु पर्दैन, एक क्लिक गरेको भरमा किनबेच गर्न सकिन्छ।

शेयर किनबेच गर्नको लागि के कति कुराहरु जान्नु जरुरी हुन्छ?

शेयर खाता खोलिसकेपछि सर्बसाधारण लगानीकर्ताहरुले कुनैपनि कम्पनीको शेयर किनबेच गर्नु अगाडी शेयर कसरी किनबेच गर्ने र त्यसबाट कसरी मुनाफा कमाउने वा के कस्टो घाटा हुनसक्छ भन्ने कुराहरु जान्नु अत्यन्त जरुरी हुन्छ । स्टक मार्केटमा हजारौं ठूला साना कम्पनीहरुको अर्बौंको संख्यामा शेयरहरु दैनिक किनबेच भइरहेको हुन्छ । कुन कम्पनीको शेयर कसरी किन्ने, त्यो कम्पनीको तत्कालको आर्थिक अवस्था के कस्तो छ, भविश्यमा त्यो कम्पनी बढ्छ वा बढ्दैन, त्यसले बार्षिक मुनाफा के कति बाँड्छ, डुब्न सक्छ वा सक्दैन आदीजस्ता कुराहरु राम्रोसँग बुझ्नु जरुरी हुन्छ । त्यस्तै कुन समयमा किन्ने, कतिमा किन्दा फाइदा हुन सक्छ, कुन समयमा बेच्ने जस्ता कुराहरु समेत जान्नु जरुरी हुन्छ ।

शेयर किनबेच गर्नका लागि अरु कसैलाई जिम्मा दिन सकिन्छ?

हामीले मुद्धा मामिला वा अदालतमा केस फाइल गर्दा वकिल हाएर गरेको जस्तै यदी आफूलाई शेयर बजारको बारेमा राम्रो जानकारी छैन भने शेयर किनबेच गर्नका लागि यस टाइटन्हब क्यापिटल मेनेज्मेन्ट (Titanhub Capital Management) जस्तै रजिष्टर्ड इन्भेस्टमेन्ट एडभाइजर (Registered Investment Advisor) कम्पनी नियुक्त (Hire) गर्न सकिन्छ । यस प्रकारका एडभाइजर कम्पनीले कुन पब्लिक कम्पनीको शेयर किनबेच गर्ने, कहिले किन्ने र कहिले बेच्ने देखि तपाईंको शेयर बजारमा रहेको सम्पूर्ण लगानीको व्यवस्थापन समेत गर्ने गर्दछन् ।

शेयर किनबेच के कस्ता घाटा वा नाफा हुन्छ?

स्टक मार्केट वा शेयर बजारमा लगानी गर्नु भनेको कुनैपनि व्यापार व्यवशाय गर्नु शरह नै हो । जसरी हामीले कुनैपनि व्यापार व्यवशाय गर्दा घाटा नाफा दुबै हुन सक्दछ त्यहि अवस्था शेयर बजारमा पनि रहन्छ । तथापी अमेरिकी शेयर मार्केटको लामो इतिहास हेर्ने हो भने कुनै एक कम्पनी डुब्ने वा अर्को माथी जाने भएता पनि समग्रमा शेयर मार्केटले बार्षिकरुपले करिब १० प्रतिशत जति मुनाफा दिएको भेटिन्छ । जस्तो कि एस एण्ड पि ५०० इन्डेक्स (S&P 500 Index) हेर्ने हो भने त्यसले बार्षिक रुपमा करिब ८ देखि १० प्रतिशत मुनाफा दिएको भेटिन्छ। शेयर किनबेच गर्दा कुनै एउटा कम्पनीको नकिनेर पूरै S&P 500 Index फण्डकै शेयर पनि किन्न सकिन्छ जसले गर्दा उक्त ८ देखि १० प्रतिशत सम्मको बार्षिक मुनाफा प्रायः निश्चित जस्तै देखिन्छ । त्यसै बिभिन्न कम्पनी वा सेक्टरको शेएर किनेर लगानीलाई डाइभर्सिफिकेशन (Diversification) गरेर पनि घाटालाई निराकरण गर्न र नाफा लिन सकिन्छ ।

प्रायगरी सर्वसाधारण लगानीकर्ताहरु शेयर किनबेचको बारेमा आवस्यक कुराहरु जानकारी नभएर, कुन समयमा किन्ने र कुन समयमा बिक्री गर्ने भन्ने थाहा नपाएर, वा कसैले भनेको र सुनेको भरमा जुन पायो त्यहि कम्पनीको शेयर किनबेच गर्ने, आदी जस्ता कारणहरुले आफ्नो लगानी डुबाउने गरेको पाइन्छ । कतिले त शेयर किनबेचलाई जुवा खेलेको जस्तो गरी खेल्न खोजेको र सम्पूर्ण लगानी नै डुबाएको समेत भेटिन्छ । कयौंले भने स्टक मार्केटमा लगानी गरेर छिट्टै धनी हुने सपना देखेर नामै नसुनेका र शेयरको मुल्य ह्वात्तै घटबड हुने कम्पनीमा लगानी गरेर तुरन्तै डुबेको पनि भेटिन्छ भने कतिले त बढी लोभ गर्दा कमाएको सबै मुनाफा गुमाएको पनि पाइन्छ । यो सबै हुनुको कारण स्टक मार्केटको बारेमा राम्रो जानकारी नभएर, शेयर किन्नु अगाडी उक्त कम्पनीको बारेमा राम्रो जानकारी हासिल नगरेर, अन्य व्यक्तिहरुले भनेको सुनेको भरले लगानी गरेर, लोभ र लालचमा शेयरको भाउ बढेको बेलामा नबेचेर, स्टक मार्केटमा लगानी गरेर छिट्टै धनी हुन सकिन्छ भन्ने भ्रम पालेर, आफू धेरै जान्ने छु भन्ने ओभर कन्फिडेन्स (over confidence) भएर, आदी कारणले हुनसक्छ ।

त्यसैले स्टक मार्केटमा लगानी गर्दा छिट्टै धनी हुन्छु भन्ने सपना देखेर वा अरुको लहलहैमा लाग्नु भन्दा आफ्नो लगानीलाई कसरी राम्रो र सुरक्षितसँग लगानी गर्ने र यसलाई कसरी फाइदाजनक तवरले लामो समयसम्म बढाउने भनेर योजना गरी सोही बमोजिम लगानी गर्नु उचित मानिन्छ । त्यसरी दिर्घकालिन (Long term) सोच र योजना लिएर लगानी गर्नेहरुले नै शेयर बजारमा राम्रो मुनाफा पाएको र धनी भएको पाइन्छ ।

स्टक मार्केटमा लगानी गर्नु किन जरुरी छ?

हामी आफ्नै व्यापार व्यबशाय गरौं वा पब्लिक कम्पनीको शेयरमा लगानी गरौं यी दुबैमा खासै फरक पाइन्न । आफ्नै व्यापार व्यवशायमा लगानी गर्दा आफ्नो लगानीलाई आफैले ब्यावस्थापन गर्नुपर्ने हुन्छ जुन त्यतिकै रिस्की पनि हुन्छ र फाइदाजनक पनि छ । पब्लिक कम्पनीको शेयरमा लगानी गर्दा हाम्रो लगानीलाई प्रायगरी ब्यवशायीक र योग्य व्यक्तिहरुले ब्यवस्थापन गर्ने गर्दछन् र ती व्यक्तिहरुले पनि ठूलो मात्रामा आफ्नो धनराशी लगानी गरेका हुन्छन् । हामीले पैसा बैंकमा नै जम्मा गरेता पनि अमेरिकी बैंकको हकमा २,५०,००० डलरको मात्र इन्सुरेन्स हुन्छ र त्यो भन्दा बढीको रकमको कुनै ग्यारेन्टी हुन्न । जस्तो कि यदी हामीले जुन बैंकमा रकम जम्मा गरेका छौं त्यो बैंक नै डुब्यो भने हामीले फिर्ता पाउने भनेको २,५०,००० डलर मात्र हो बाँकी सबै पैंसा डुब्न पनि सक्दछ । प्रायगरी बैंकहरुले पनि एकदम न्यूनतम् व्याज दिन्छ जसले बार्षिक हुने मूल्यबृद्धी (Inflation) लाई समेत म्याच गर्दैन जस्तो कि एक बर्षमा मुल्यबृद्धी २ प्रतिशत हुन्छ तर बैंकले १ प्रतिशत भन्दा पनि कम व्याज दिएको पाइन्छ । तर यदी स्टक मार्केटमा राम्रोसँग बिचार पुर्याएर लगानी गर्यौं भने शरदर बार्षिक १० प्रतिशत सम्म मुनाफा पाउन सकिन्छ । त्यसको मत्लब मुनाफा हुन्छ नै भन्ने ग्यारेन्टी त हैन किनकि जे पायो त्यहि तरिकाले लगानी गर्दा पुरै डुब्न पनि सक्दछ । तर राम्रोसंग जाने बुझेर वा कुनै म्युचुअव फण्ड (Mutual Fund) वा व्यवशायिक इन्भेस्टमेन्ट एडभाइजर (Professional Investment Advisor) को मद्धतले लगानी गर्दा भने डुब्ने भन्दा पनि १० प्रतिशत वा सो भन्दा बढी पनि मुनाफा आउन सक्छ । त्यसैले पैसा बैंकमा राख्नु भन्दा व्यवशायिक तवरले स्टक मार्केटमा लगानी गर्नु बढी बुद्धिमानी मानिन्छ । बिभिन्न रिसर्चका अनुसार अमेरिकामा ५५ प्रतिशत (55%) भन्दा बढी जनताहरुले कुनै न कुनै तवरले शेयर बजारमा लगानी गरेको पाइन्छ ।

हामीले शेयर मार्केटमा लगानीबारे के कस्ता सेवाहरु प्रदान गछौं?

यस टाइटन्हब क्यापिटल मेनेज्मेन्टले आफ्ना ग्राहकहरुलाई स्टक मार्केटको बारेमा मूलभूत कुराहरु जानकारी दिन्छ । शेयर कसरी किन्ने, कुन कम्पनीको शेयर किन्दा ठिक हुन्छ, कुन समयमा किन्ने र कुन समयमा बेच्ने, लगानी डुब्नबाट कसरी जोगिने, कुन तरिकाबाट किनबेच गर्दा मुनाफा हुन्छ, आदी बारेमा हामी सर सल्लाह प्रदान गर्छौं । शेयर मार्केटमा लगानी गर्दा हुने विभिन्न जोखिम (Risk) हरु, जस्तै सम्पूर्ण स्कट मार्केट घटबड हुँदाको रिस्क, व्यापारिक, राजनैतिक आदी प्रकारका रिस्कहरुको बारेमा जानकारी गराउँदछौं । हामीले ग्राहकहरुको खातामा शेयर किनबेच गर्ने, लगानी व्यवस्थापन गर्ने, आदी शेवाहरु प्रदान गर्दछौं । हामी ग्राहकहरुलाई न्यू योर्कको ज्याक्सन हाइट्स्थीत (Jackson Heights) हाम्रो कार्यालयमा वा जुम भिडियो (Zoom Video), फेसबुक, टेलिफोन, आदीबाट सर सल्लाह प्रदान गर्दछौं । हामी स्टक मार्केटमा लगानीको बारेमा सेमिनार र कन्फेरेन्सहरु पनि आयोजना गर्दछौं । हामीले प्रदान गर्ने लगानी व्यवस्थापनबारे बृस्तीत जानकारकिा लागि यहाँ क्लिक गर्नुहोला