हाम्रो बारेमा

हामी को हौ?

टाइटन्हब् क्यापिटल मेनेज्मेन्ट (Titanhub Capital Management LLC) संयुक्त राज्य अमेरिकाको न्यू योर्क शहरमा अवस्थीत रजिष्टर्ड इन्भेस्टमेन्ट एडभाइजर अर्थात लगानी सम्बन्धी लाईसेन्स प्राप्त सल्लाहकार कम्पनी हो । यो कम्पनीले न्यू योर्क राज्यको सरकारी निकायबाट मूख्यतया स्टक मार्केट अर्थात पव्लिक कम्पनीहरुको शेयर खरीद बिक्रीका बारेमा न्यू योर्कबासी सर्बसाधारण व्यक्तिहरुलाई सर–सल्लाह प्रदान गर्नको लागि लाईसेन्स प्राप्त गरेको छ । यस प्रकार काम गर्ने कम्पनीलाई अमेरीकामा रजिष्टर्ड इन्भेस्टमेन्ट एडभाइजर (Registered Investment Advisor) भनिन्छ ।

इस टाइटन्हब् क्यापिटल मेनेज्मेन्टले स्टक मार्केट (Stock Market) अथवा शेयर बजारमा लगानी गर्न इच्छुक व्यक्तिहरुलाई शेयर बजारमा के कसरी लगानी गर्ने बारेमा सर सल्लाह प्रदान गर्ने र शेयर मार्केट वा पव्लिक कम्पनीमा गरेको लगानीको व्यवस्थापन (Portfolio Management) गर्ने कार्य गर्दछ । यस कम्पनीले रिटायर्मेन्ट खाता (Retirement Account) र कलेज सेभिङ खाता (College Saving Account) को बारेमा समेत सल्लाह प्रदान गरी त्यस प्रकारको खातामा रहेको लगानीको समेत व्यवस्थापन गर्दछ । यसले फाइनान्सीएल प्लानिङ, मार्केट रिसर्च र ब्यापार व्यबशायको बारेमा समेत सर–सल्लाह प्रदान गर्दछ ।

यस टाइटन्हब् क्यापिटल मेनेज्मेन्टको कार्यालय न्यू योर्क शहरको ज्याक्सन् हाइट्स (Jackson Heights) मा अवस्थीत छ । यसले ग्राहकहरुलाई इन्टरनेटको माध्यमबाट पनि सर सल्लाह प्रदान गर्दछ । यस कम्पनीले प्रदान गर्ने सेवाहरुको बारेमा थाहा पाउनका लागि यहाँ क्लिक गर्नुहोला