व्यक्तिगत रिटाएर्मेन्ट खाता (IRA)

व्यक्तिगत रिटाएर्मेन्ट खाता (IRA) भनेको के हो?

अमेरिकी नागरीक वा अमेरिकामा कानूनी तवरले ग्रिनकार्ड वा वर्क पर्मिट (Employment Authorization) लिएर बसोबास गरिरहेका स्थायी एवं अस्थायी बासिन्दाहरुले बर्षमा ६,००० डलर (५० बर्ष भन्दा कम उमेर भएकाले) देखि ७,००० डलर (५० बर्ष वा सो भन्दा बढी उमेर भएकाले) सम्मको कर छुट (प्रि–ट्यास्क) रकम व्यक्तिगत रिटाएर्मेन्ट खाता (IRA) मा जम्मा गर्न सक्दछन् । उक्त रिटाएर्मेन्ट खातामा जम्मा गरेको रकममा बार्षिक आम्दानी कर (Income Tax) लाग्दैन ।

जस्तो कि यदी तपाईंले सन् २०२० मा ४०,००० डलर आम्दानी गर्नुभएको छ भने उक्त रकम मध्ये यदी ६,००० डलर IRA मा जम्मा गर्नुभएमा तपाईंले ३४,००० डलरको नेट आम्दानी (Net Income) को मात्र कर तिरे पुग्छ । उदाहरणको लागि यदी तपाईंले ४०,००० डलरको आम्दानी देखाई ट्याक्स फाइल (Tax File) गर्दा ५,००० डलर कर तिर्नुपर्दछ भने ३४,००० डलरको आम्दानीमा सो भन्दा कम वा ४,००० डलर मात्र कर तिरे पुग्न सक्छ । त्यस्तै यदी तपाईंको साप्ताहिक चेक (Weekly Paycheck) बाट तपाईंको इम्प्लोएर (Employer) ले पहिले नै कर (Tax) काटिसकेको छ भने तपाईंले कर फिर्ता पाउनुहुनेछ । जस्तै कि यदी ४०,००० डलरको आम्दानीमा ३,००० डलर कर फिर्ता हुन्छ भने तपाईंले ६,००० डलर IRA मा जम्मा गर्नुभएमा फिर्ता हुने करको रकम ४,००० डलर वा बढी हुन सक्छ ।

बिबाहित व्यक्तिहरुको हकमा श्रीमान र श्रीमती दुबैले गरी १२,००० (वा १४,०००) डलरसम्म IRA मा जम्मा गर्न सक्दछन् जुन रकममा सो बर्ष आम्दानी कर तिर्नु पर्दैन । त्यसो गर्दा यदी कर तिर्नुपर्ने छ भने कम कर तिर्दा हुन्छ भने फिर्ता लिनु पर्ने कर (ट्याक्स रिफन्ड) पनि सोही अनुसार बढ्न जान्छ । यस प्रकारको रिटाएर्मेन्ट खाता वा आइआरए (IRA) मा भएको सबै रकम तपाईंको आफ्नै हो जसमा अमेरिकी सरकार वा अन्य कसैले लिने भन्ने हुन्न । यो तपाईंले बैंक खातामा जम्मा गरेको पैसा सरह नै हो ।

रिटाएर्मेन्ट खाताको प्रावधान किन राखिएको हो?

अमेरिकी सरकारले आफ्ना नागरीक वा यहाँ स्थायी वा अस्थायीरुपले काम गरी बसोबास गर्ने व्यक्तिहरुलाई कर छुटको रकम IRA मा जम्मा गरुन र पछि बृद्धा अवस्थामा रिटाएर भए पछाडी वा अत्यावस्यक परेको समयमा उक्त रकम निकालेर प्रयोग गरुन भन्ने उद्धेश्यले यस प्रकारको खाताको प्रावधान बनाइएको पाइन्छ । तपाईंको बार्षिक आम्दानी जति बढी भएता पनि तपाईंले आफ्नो आम्दानीको माथी उल्लेखित रकम मात्र IRA मा जम्मा गर्न पाउनुहुनेछ। तर यदी तपाईंले बर्षभरी कुनैपनि काम गर्नुभएको छैन वा पूरा बर्ष बेरोजगार भत्ता (Unemployment Insurance) लिनुभएको छ भने त्यो बर्ष यस प्रकारको खातामा रकम जम्मा गर्न मिल्दैन । तर तपाईंले बर्षभरीमा काम गरेर वा आफ्नै व्यापार व्यवशाय संचालन गरेर जति कमाउनुभएको छ त्यो भन्दा बढी तपाईंले IRA मा जम्मा गर्न मिल्दैन । जस्तो कि यदी तपाईंको २०२० को रोजगारी वा व्यापार व्यवशायबाट आएको आम्दानी ५,००० डलर मात्र छ भने तपाईंले त्यो पूरै ५,००० डलर नै IRA मा जम्मा गर्न पाउनुहुनेछ त्यो भन्दा बढी जम्मा गर्न मिल्दैन ।

बिबाहित व्यक्तिहरुको हकमा यदी श्रीमान वा श्रीमती मध्ये एक जनाले मात्र काम गरेको छ भने उसले आफ्नो श्रीमान वा श्रीमतीको IRA मा रकम जम्मा गर्न पाउँदछ । बिभिन्न श्रोतका अनुसार अमेरिकामा करिब ८० खर्ब (वा ८ ट्रिलिएन) डलर भन्दा बढी रकम IRA मा जम्मा भएको पाइन्छ जुन रकम विभिन्न कम्पनीको शेयर, म्यूचुअल फण्ड (Mutual Fund), बोण्ड, आदीमा लगानी गरिएको देखिन्छ ।

यो पैसा बिचैमा निकाल्नु पर्यो भने के हुन्छ?

तपाईंले रिटाएर्मेन्ट खाता (IRA) मा जम्मा गरेको रकम कुनैपनि समयमा निकाल्न सक्नुहुनेछ । तर यसरी रकम निकाल्दा तपाईंले जुन बर्ष रकम निकालेको हो सोही बर्ष उक्त निकालेको रकम बार्षिक आम्दानीमा गनिन्छ र तपाईंले त्यो बर्षको ट्याक्स फाइल गर्दा त्यसको कर तिर्नुपर्ने हुन्छ ।

जस्तै तपाईंले २०२० मा ६,००० डलर IRA मा जम्मा गर्नुभयो र यदी २०२२ मा गएर उक्त रकम निकाल्नु भयो भने जति निकालेको हो त्यही रकमको तपाईले २०२२ को ट्याक्स फाइल गर्दा कर तिर्नुपर्ने हुन्छ । यदी तपाईंले रकम निकालेको बर्षको आम्दानी कम छ भने वा कामै गर्नुभएको छैन भने तपाईंलाई कम कर लाग्ने वा कर नै नलाग्ने पनि हुनसक्छ । यदी IRA बाट रकम निकाल्दा तपाईंको उमेर ६० बर्ष मुनीको छ भने तपाईंले जति रकम निकाल्नु भएको हो त्यसको १० प्रतिशत पेनाल्टी (10% penalty) पनि तिर्नुपर्ने हुन्छ ।

तथापी यदी तपाईंले यसरी निकालेको रकम मध्ये बढीमा १०,००० डलर सम्म पहिलोपल्ट अमेरिकामा घर खरिद (first time home buyer) गर्न प्रयोग गर्नुभएको छ भने त्यसको पेनाल्टी लाग्दैन । त्यस्तै उच्च अध्ययन गर्नको लागि, अपांग भएमा, मेडिकल इन्सुरेन्स बुझाउने जस्ता खर्चका लागि IRA को रकम निकाल्नुभएको छ भने पनि त्यसमा पेनाल्टी नलाग्न सक्छ ।

IRA मा जम्मा भएको पैसालाई कतै लगानी गर्न सकिन्छ?

रिटाएर्मेन्ट खाता (IRA) मा जम्मा गरेको रकमलाई तपाईंले विभिन्न पब्लिक कम्पनीहरुको शेयर खरिद गर्न (Stock Market), म्यूचुअल फण्ड (Mutual Fund), बोन्ड वा डिवेन्चर (Debenture), अमेरिकी सरकारको ट्रेजरी (Treasury Bills),सर्टिफिकेट अफ डिपजिट (Certificate of Deposit or CDs), आदीमा लगानी गर्न सक्नुहुनेछ। यसरी लगानी गर्दा आउने मुनाफा, व्याज वा शेयर किनबेच गर्दा बृद्धी भएको रकमको पनि बार्षिक कर तिर्नु पर्दैन ।

जबसम्म IRA बाट पैसा निकालिन्न, तबसम्म त्यसको कर लाग्दैन । जुन दिन त्यो खाताबाट पैसा निकालिन्छ त्यतिबेला जति निकालेको हो त्यसको मात्र आयकर तिर्नु पर्ने हुन्छ । जस्तोकि यदी तपाईंले आज ६,००० डलर IRA मा जम्मा गर्नुभयो र त्यो रकम एक बर्ष पछि बढेर १२,००० डलर भयो भने पनि तपाईंले त्यो बृद्धी भएको रकम यदी खातामै रहेको अवस्थामा कुनैपनि कर तिर्नुपदैन ।

त्यस्तै तपाईंले IRA मा जम्मा गरेको रकमलाई कतै लगानी गर्नैपर्छ भन्ने पनि छैन । यदी तपाईंलाई कतै लगानी गर्दा घाटा होला भनेर डर लाग्छ भने यसरी जम्मा गरेको रकमलाई त्यतिकै खातामै राखेर बैंक वा ब्रोकर कम्पनीले प्रदान गर्ने न्यूनतम व्याज लिने वा सटिर्फिकेट अफ डिपोजिट (Certificate of Deposit) मा जम्मा गरेपनि हुन्छ ।

यस प्रकारको रिटाएर्मेन्ट खाता कसरी खोल्न सकिन्छ?

तपाईंले आफ्नो खाता भएको बैंक वा ब्रोकरेज कम्पनी (Brokerage) वा हाम्रो यस टाइटन्हब क्यापिटल म्यानेज्मेट (Titanhub Capital Management LLC) कम्पनी मार्फत यस प्रकारको रिटाएर्मेन्ट खाता खोल्न सक्नुहुनेछ । तपाईले यदी २०२० को लागि IRA मा रकम जम्मा गरी २०२० को ट्यास्क फाइल (Tax File) गर्दा सो रकमलाई आफ्नो बार्षिक आम्दानीबाट घटाएर तिर्नुपर्ने कर कम गर्न चाहनुहुन्छ वा बढी ट्याक्स रिफण्ड (Tax Refund) लिन चाहनुहुन्छ भने तपाईंले यसै २०२१ को एप्रिल १५ (April 15) तारिक भित्र उक्त रिटाएर्मेन्ट खाता (IRA) खोली सो रकम जम्मा गरिसक्नुपर्ने हुन्छ ।

सामान्यतयाः तपाईंले २०२० को ट्याक्स फाइल गर्नु अगाडी नै रिटाएर्मेन्ट खाता खोली त्यसमा पैसा जम्मा गरी ट्याक्स फाइल गर्दा सो रकमलाई बार्षिक आम्दानीबाट घटाउनु पर्ने हुन्छ ।

रिटाएर्मेन्ट खाता सम्बन्धी हाम्रा सेवाहरु

यस टाइटनहब क्यापिटल मेनेज्मेन्टले आफ्ना ग्राहकहरुलाई यस प्रकारको रिटाएर्मेन्ट खाताको बारेमा सर सल्लाह प्रदान गर्ने, बैंक तथा स्टक ब्रोकर कम्पनीमा यस टाइटन्हब मार्फत रिटाएर्मेन्ट खाता (IRA) खोल्ने, सो खातामा कतिसम्म र कसरी रकम जम्मा गर्ने भन्ने बारेमा बृस्तीत सर सल्लाह प्रदान गर्ने, अनि त्यो खातामा जम्मा भएको रकमलाई विभिन्न कम्पनीको शेयर, बोण्ड, म्यूचुअल फण्ड, आदीमा लगानी गर्न मद्धत गर्ने, सो लगानीको व्यवस्थापन गर्ने, आदी जस्ता सेवाहरु प्रदान गर्दछ । हामीले ग्राहकहरुलाई उनीहरुको रिटाएर्मेन्टलाई कसरी सहज बनाउने, रिटाएर्मेन्टमा कतिसम्म बचत गर्ने जस्ता बिषयमा रिटाएर्मेन्ट प्लानिङ् (Retirement Planning) समेत गर्दछौं ।