पोर्टफोलियो मेनेज्मेन्ट

लगानी व्यवस्थापन

हामीले लगानी खाता वा रिटाएर्मेन्ट खाता खालिसकेपछि त्यहाँ रकम जम्मा गर्दछौं र त्यसलाई विभिन्न साना ठूला कम्पनीको शेयरमा लगानी गर्दछौं । साथै हामी कम्पनीको बोण्ड (कम्पनीलाई निश्चित व्यजदरमा रिणस्वरुप पैसा दिने प्रचलन) मा पनि लगानी गर्दछौं। उक्त लगानीको व्यवस्थापन गर्नुलाई अंग्रेजीमा पोर्टफोलियो मेनेज्मेन्ट भनिन्छ ।

टाइटनहब क्यापिटल मेनेज्मेन्टलले आप्mना ग्राहकहरुको खाता वा पोर्टफोलियो व्यवस्थापन गर्दा विभिन्न प्रकारका नीति नियम र लगानीका शिद्धान्तहरुको प्रयोग गरी कम्पनीहरुको शेयर खरिद बिक्री गर्ने बारेमा सल्लाह र सेवा प्रदान गर्दछ । हामीले हाम्रो ग्राहकको चाहना, ढिलो छिटो पैसाको आवस्यकता र रिस्क सहन सक्ने क्षमता जस्ता बिषयलाई मध्येनजर राखी सोही बमोजीम ग्राहकको लागि विभिन्न कम्पनीको शेयर वा बोण्ड खरीद बिक्री गर्दछौं।

समय समयमा खाताको हेरबिचार गर्ने

एक पटक लगानी गरिसकेपछि समय समयमा शेयरको भाउ के भएको छ भनी हेर्ने, ग्राहकको खाताले योजना बमोजीमको मुनाफा कमाइरहेको छ वा छैन भनी समय समयमा हेरबिचार गर्ने, कुनै कम्पनीको शेयरको भाउ धेरै नै घट्ने अवस्था भएमा त्यस्ता कम्पनीको शेयर बेचिहाल्ने र अर्को कम्पनीमा लगानी गर्ने जस्ता सेवाहरु प्रदान गर्दछौं ।

ग्राहकको खाता वा सम्पती बैंकको जिम्मामा हुने

हाम्रो काम भनेको हाम्रा ग्राहकहरुको लगानी खातालाई संचालन र व्यवस्थापन गर्ने हो । ग्रहकहरुको लगानी, पैसा जे जसो छ त्यो सबै बैंक (कस्टोडिएन) वा ब्रोकर÷ डिलर कम्पनीमा रहन्छ जसमा हाम्रो कुनै हात हुन्न । ग्राहकहरुले जे जसरी लगानी गर्ने भनेर हामीलाई निर्देशन दिने वा सहमती भएका हुन्छन् सोही बमोजीम हामी शेयर वा बोण्डमा लगानी गरिदिन्छौं, र जतिबेला ग्राहकले लगानी झिक भन्दछन् त्यतिबेलै हामी शेयर वा बोण्ड बेचेर लगानीबाट मुक्त गरिदिन्छौं । अनि ग्राहकले लगानी खातामा रहेको पैसा चाहियो भनेको अवस्थामा हामीले ग्राहकको पैसा एवं सम्पत्तीको जिम्मो लिएको बैंक वा ब्रोकर÷डिलर कम्पनीलाई अनुरोध गरी ग्राहकको पैसा उनीहरुले भने बमोजीम उपलव्ध गराइदिन्छौं ।

ग्राहकको हित हाम्रो प्रथम प्राथमिकता

यस टाइटन्हब क्यापिटल मेनेज्मेन्टले जहिले पनि आप्mना ग्राहकहरुको हितलाई पहिलो प्राथमिकता दिनु कानूनी दायित्व हुन्छ । अमेरिकी एवं न्यू योर्क राज्यको कानून मूताविक हामीले ग्राहकहरुको लगानीको पूर्ण जिम्मा लिई उनीहरुको हितलाई प्रथम प्राथमीकता दिई सेवा प्रदान गर्नुपर्दछ । यसलाई अंग्रेजीमा फिडुसिएरी डूटी (Fiduciary Duty) भन्ने गरिन्छ।