स्मार्ट फोन र त्यसबाट सजिलै चलाउन सकिने इन्टरनेट, फेसुबुक, टिक टकको जमानामा धेरैले शेयर बजार (स्टक मार्केट) मा लगानी गर्ने र त्यसो गर्दा फाइदा हुने जस्ता सामान्य तर अपूर्ण जानकारी पाएको देखिन्छ । अमेरिकाको हकमा शेयर बजारमा लगानी गर्नको लागि थुप्रै स्टक ब्रोकरेज कम्पनीहरुले सजिलो प्रकारको स्मार्ट फोन एप्स (Apps) उपलब्ध गराएका छन् जसको माध्यमबाट ब्रोकर कम्पनीमा सजिलै सँग खाता खोल्न, त्यसमा पैसा डिपोजिट गर्न र कुनै पनि पब्लिक कम्पनीको शेयर किनबेच गर्न सकिन्छ ।Read More
Dogecoin, Bitcoin, Ethereum (डज्कवाइन्, बिट्कवाइन्, इथेरिएम) आदी जस्ता क्रिप्टो करेन्सी (Crypto Currency) भनेको एक प्रकारको डिजिटल पैसा (Digital money) हो । डिजिटल भन्नाले इलेक्ट्रोनिक माध्यमबाट मात्र चल्ने पैसा हो । यो कुनै भौतिक सिक्का वा कागजी नोट हैन । यस प्रकारको क्रिप्टोकरेन्सीलाई Coin नाम दिइएता पनि यो बास्तवमा हामीले प्रचलन गर्ने चाँदी वा पित्तलको सिक्का भने हैन । यो कुनैपनि देशको सरकार वा कम्पनीको स्वामित्वमा रहेको छैन, यो जनसमुदायमा निर्माण भएको एक प्रकारको डिजिटल करेन्सी हो ।Read More